About Us
Malaysian Health Coalition is a coalition of healthcare professionals, associations and societies dedicated to provide Malaysians with important information not only for COVID-19 but also to improve public health by supporting the Ministry of Health. Please help spread our message.
हाम्रो बारेमा
मलेसिया स्वास्थ्य गठबन्धन स्वास्थ्य सेवाका कमर्मचारी, संघ र समाजहरूको एक गठबन्धन हो जसले मलेसियामा रहेकाहरूलाई केवल कोविड १९ को लागि मात्र नभएर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेर सार्वजनिक स्वास्थ्य सुधारकार्य गर्न महत्त्वपूर्ण जानकारी प्रदान गर्दछ। कृपया हाम्रो यो सन्देश फैलाउन हामीलाई मद्दत गर्नुहोस्।
Please share our page / कृपया हाम्रो पेज सेयर गर्नुहोस्
Click here for more information about Covid-19 in Malaysia / मलेसियामा कोविड-१९ बारे थप जानकारीका लागि यो लिन्कमा क्लिक गर्नुहोस् ।
On Using Public Places / सार्वजनिक स्थानहरूमा प्रयोग हुने
New Normal Standard Operating Procedures (SOP) For The Work Place Safety Has To Be Implemented By All Employers According To Guidelines Set By The Malaysian Ministry of Health / कार्यस्थल सुरक्षाका लागि नयाँ सामान्य मानक अपरेटिंग प्रक्रियाहरू (SOP) मलेसियाली स्वास्थ्य मन्त्रालयले तोकेको मार्गनिर्देशनहरू अनुसार सबै रोजगारदाताहरूले कार्यान्वयन गर्नु पर्छ।
Sanitize the work place / काम गर्ने ठाउँ सफा गर्नुहोस्
- Work place should be sanitized before workers start working and before every shift
काम गर्ने स्थान कामदारले काम गर्न सुरु गर्नु अघि र प्रत्येक सिफ्ट अघि सफा गर्नुपर्छ।
- After re-starting operation, sanitize work place and public area such as lobby, cafeteria, toilet, prayer room three time a day
पुनः सुरू गरेपछि, कार्यस्थल र लोबि, क्याफेटेरिया, शौचालय, प्रार्थना कोठा जस्ता सार्वजनिक क्षेत्र दिनको तीन पटक सफा गर्नुहोस्।
Hand Sanitize / ह्यान्ड स्यानीटाइजर
- Employer has to provide hand sanitizer at the entrance and all public area in the premise.
रोजगारदाताले प्रवेशद्वार तथा सबै सार्वजनिक क्षेत्रमा ह्यान्ड सेनिटर प्रदान गर्नुपर्छ।
- Soap and water have to be provided in the toilet and cafeteria to enable workers washing their hands. Wash hands for 20 seconds.
शौचालय र क्याफेटरियामा साबुन र पानी उपलब्ध गराउनुपर्दछ जसले कामदारहरूले आफ्नो हात धुने गर्दछन्। २० सेकेन्डका लागि हात धुनुहोस्।
Face Mask / अनुहारमा लगाउने मास्क
- Employer has to provide face mask for all workers in the work place. Change face mask every day.
रोजगारदाताले कामगर्ने ठाउँमा सबै कामदारहरूको लाई फेसमास्क प्रदान गर्नुपर्दछ। हरेक दिन फेसमास्क परिवर्तन गर्नुहोस्।
WE NEED TO THINK AND ACT AS THOUGH EVERYONE AROUND US, INCLUDING US IS COVID-19 POSITIVE THIS IS BECAUSE NOT EVERYONE INFECTED ARE SYMPTOMATIC.
हामी सबैले यो सोच्न र गर्न आवश्यक छ हामी सबै सुरक्षित रुपमा बस्यौ भने यो रोगबाट सबै मानिसहरु सुरक्षित रहनेछन ।
Physical Distance >1 Meter / शारीरिक दूरी> १ मीटर
- Employer is responsible to rearrange work place (and workers hostel) to ensure safe physical distancing among workers is maintained.
कामदारहरू बीच सुरक्षित शारीरिक दूरी कायम राख्नका लागि रोजगारदाताले काम गर्ने ठाउँ तथा कामदारहरूको होस्टल व्यवस्थित गर्नुपर्दछ ।
- Droplets can be spread within one meter and workers may be infected by Covid-19 without this distancing.
सामाजिक दुरी कायम नराखेमा नाक र मुखबाट निस्केका छिटाहरु एक मिटर भित्र फैलिन्छ र कामदारहरू कोविड १९ बाट संक्रमित हुनसक्दछन् ।
- Ensure marks at one meter distance are placed on the floor. For example near punch card , work place, production floor, canteen, meeting room, prayer room, multipurpose hall
एक मिटर दूरीमा निश्चित अंकहरू भुइँमा बनाउनु पर्दछ। जस्तै पंच कार्ड, काम गर्ने ठाउँ, उत्पादन कोठा, क्यान्टीन, बैठक कोठा, प्रार्थना कोठा, बहुउद्देशीय हल को नजिक ।
Implement temperature screening / तापमान स्क्रीनिंग लागू गर्नुपर्छ ।
- Employer has to provide staff at the entrance to conduct body temperature screening for every worker and visitor.
रोजगारदाताले प्रत्येक कामदार र आगन्तुकका लागि शरीरको तापक्रम जाँच गर्नको लागि प्रवेश द्वारमा स्टाफ प्रदान गर्नुपर्दछ।
- Temperature screening has to be documented for inspection later.
शरीरको तापक्रम जाँच गरेपछि सबैको जाचको रेर्कड राख्नुपर्छ ।
- All visitors to the work place have to be screened too.
कार्यस्थलमा सबै आगन्तुकहरूको पनि शरीरको तापक्रम जाँच गर्नुपर्छ
What should be done if workers have symptoms? / यदि कामदारहरूमा लक्षण देखियो भने के गर्नुपर्छ ?
- Screening have to be conducted every day. Check workers (roll call) whether they have fever, cough, sore throat, difficulty breathing, or diarrhea.
शरीरको तापक्रम जाँच प्रत्येक दिन गरिनु पर्छ। कामदारहरू लाई सोध्नुहोस कि उनीहरूलाई ज्वरो, खोकी, घाँटी दुख्ने, सास फेर्न कठिनाई, वा पखाला जस्ता लक्षणहरु देखापरेको छ ।
- Any worker with symptoms is advised not to come to work.
लक्षणसहित कुनै पनि कामदारलाई काममा नआउन सल्लाह दिइन्छ
- Employers should assist workers to seek medical treatment and COVID-19 swab test at a clinic and inform nearest health office
रोजगारदाताहरूले कामदारहरूलाई चिकित्सा क्लिनिकमा खोज्न र क्लिनिकमा स्वाब टेस्ट लिन र नजिकको स्वास्थ्य कार्यालयलाई सूचित गर्न सहयोग पुर्याउनु पर्छ ।
Safety in transporting workers to work place / कामदारहरूलाई काम गर्ने ठाउँमा पुर्याउने सुरक्षा
- Ensure one-meter physical distancing in the bus.
बसमा एक मिटर शारीरिक दूरी सुनिश्चित गर्नुहोस्
- All passengers should wear face mask.
सबै यात्रीहरूले फेस मास्क लगाउनु पर्छ।
- Workers should wash their hands before getting on and off the bus.
कामदारहरुले बसबाट बाहिर आउनु अघि आफ्नो हात धुनुपर्छ ।
- Bus has to be sanitized every time after transporting workers.
कामदारहरू ढुवानी गरेपछि बस प्रत्येक पटक सरसफाई गर्नुपर्नेछ
- Temperature screening before getting on to the bus is encouraged.
बसमा चढ्नु अघि तापमान स्क्रीनिंग गर्नुपर्छ ।
If Employer does not obey SOP of COVID-19 prevention, what should workers do? / यदि रोजगारदाताले कोभिड १९ रोकथामको नियम पालन गर्दैनन् भने, कामदारहरूले के गर्नुपर्छ ?
- Employer and workers are encouraged to discuss and implement steps of COVID-19 prevention together.
रोजगारदाता र कामदारहरूलाई एकसाथ कोभिड १९ रोकथामको बारेमा छलफल गर्न र त्यसलाई कार्यान्वयन गर्न प्रोत्साहित गनुपर्छ ।
- Workers can lodge complaint to the relevant ministries https://bit.ly/2yUMqJZ or Labour Department Office.
कामदारहरूले सम्बन्धित मन्त्रालयहरूमा https://bit.ly/2yUMqJZ वा श्रम विभाग कार्यालयमा उजुरी गर्न सक्दछन्।
EMPLOYERS ARE RESPONSIBLE TO ENSURE HEALTH CARE OF WORKERS IN THE WORK PLACE.
कामदारहरुले कामगर्ने ठाउँमा स्वास्थ्यकर्मीहरू द्धारा स्वास्थ्य चेकजाच गराउनु पर्दछ ।
Useful Contacts / उपयोगी सम्पर्कहरू
Grocery, wholesale, and distribution of goods
किराना, थोक, र सामानको वितरण
Tel : 1-800-886-800
E-mail : spip@kpdnhep.gov.my
Manufacturing
निर्माण
Tel : 03-62084949 (MITI)
E-mail ; covid19sec@miti.gov.my
Agriculture & Food Industry
कृषि र खाद्य उद्योग
Tel: 03-88701307
E-mail : bilikgerakan@moa.gov.my
Workers’ Hostel
श्रमिकहरूको छात्रावास
E-mail :
jtksm@mohr.gov.my (Peninsula Malaysia)
sjtknsabah@mohr.gov.my (Sabah)
jtknsarawak@mohr.gov.my (Sarawak)
Construction
निर्माण
Security Guard
सुरक्षा गार्ड
Tel: 03-88868110 / 88868126
E-mail : cblkgerakankdn@moha.gov.my
Transportion
यातायात
WhatsApp: +6019-2907723
E-mail : aduan@mot.gov.my
Plantation
प्लान्टेसन
Tel: 03-88803498
E-mail : hotlineempic@mpi.gov.my
Steps to Prevent the Spread of COVID-19 in Dormitories / छात्रावासहरूमा कोभिड १९ को प्रसार रोक्नको लागि आवश्यक कदमहरु
How do we prevent the spread of COVID-19?
Symptoms of COVID-19:/ कोभिड १९ का लक्षणहरु:
- Fever / ज्वरो
- Cough / खोकी
- Sore throat / घाँटी दुखेको
- Difficulty breathing / सास फेर्न गाह्रो
- Diarrhoea / झाडा पखाला
If you experience any of the symptoms above, please seek help immediately.
यदि तपाईंले माथिका कुनै लक्षणहरू अनुभव गर्नुभयो भने, कृपया तुरून्त सहायता लिनुहोस्।
COVID-19 spreads through droplets that are released from your mouth and nose when a person who is infected with the virus speaks, coughs or sneezes.As patients with COVID-19 may or may not have symptoms, it is important to maintain a physical distance of more than 1 meter from others at all times.
Covid-19 बोल्दा वा खोक्दा निस्कने सुक्ष्म थोप्लो अथवा ड्रपलेटबाट फैलन्छ. जब संक्रमित व्यक्ति बोल्छ, खान्छ वा खोक्छ, COVID-19 भाइरस ले भरिएको सुक्ष्म थोप्लो अथवा ड्रपलेट उसको मुख र नाकबाट बाहिर निस्कन्छ , र एक मिटर भित्र फैलिन्छ।
Maintaining safe physical distance in and out of your dwellings: / हामी कसरी आफ्नो कोठामा र बाहिर सुरक्षित शारीरिक दूरी राखेर COVID-19 संक्रमणलाई रोक्न सक्छौं
- Always maintain a physical distance of more than one meter outside of your dwelling and in shared dwellings such as hostels, “kongsi”, rooms or houses (“Kongsi” is temporary quarters built at construction sites or mills).
तपाईको वासस्थान बाहिर र साझा बासस्थान ((होस्टल, कोन्सी, कोठा, घर) मा सँधै कम्तिमा १ मिटरको दूरी राख्नुहोस् | *कोंग्सी भनेको निर्माणसाइटहरू वा मिलहरूमा निर्माण गरिएको अस्थायी क्वार्टर हो।
- Your beds should be set a minimum of 1 meter apart.
यदि तपाई कोठा, होस्टल, कोंग्सी (KONGSI) वा घर अरु कसै संग सेयर गर्नुहुन्छ भने पनि आफुलाई कम्तिमा अरूबाट १ मिटर टाढा राख्ने प्रयासगर्नुहोस्| ओछ्यान वा सुत्ने गद्धा बीचको दूरी पनि कम्तिमा एक मिटर टाढा हुनु पर्छ ।
- Physical distancing of more than 1 meter from others should also be maintained at the workplace and in public spaces such as the market, shops, ATMs as well as on public transportations such as busses and vans.
कामको ठाउँमा, बजार, पसल, बस, भ्यान र बैंक एटीएमको अगाडि लाइनमा एक मिटर भन्दा बढी दूरी राख्नुहोस्।
- Do not shake hands with anyone.
कसै संग पनि हात नमिलाउनु होस्
- Take turns to have your lunch at the workplace to ensure physical distancing is maintained. Do not share the same tray, plate or spoons during meals.
शारीरिक दूरी सुनिश्चित गर्न कार्यस्थलमा आफ्नो खाजा पालैपालो लिनुहोस्। खाना खाँदा उही ट्रे वा चम्चा सेयर नगर्नुहोस्।
- Avoid gathering in groups during meals, prayer and celebrations.
खाना खाने बेलामा, गफ गर्ने बेलामा, चाडबाडमा वा पूजा प्रार्थना गर्दा भिडभाड नगर्नुहोस् ।
AS A PRECAUTION, WE NEED TO ASSUME THAT EVERYONE HAS BEEN INFECTED BY COVID-19.
सावधानी को रूपमा, हामीले यो विश्वास गर्न आवश्यक छ कि सबैजना COVID-19 बाट सन्क्रमित छन् |
General Information to Prevent the Spread of COVID-19 / कोभिड १९ को प्रसार रोक्न सामान्य जानकारीहरु
Tips for effective hand washing/ सहि प्रविधिको प्रयोग गरेर कसरी आफ्नो हात धुने ?
- Wash hands using soap and water for 20 seconds (20 seconds is how long one would take to sing “Happy birthday” twice!)
COVID-19 लाई रोक्न साबुन र पानी प्रयोग गरेर हात धुनुहोस्।हात २० सेकेन्ड सम्म धुनुहोस । २ चोटी लगातार "ह्यापी बर्थ डे" गीत गुनगुनाउदा २० सेकेन्ड हुन्छ ।
- If you are outside, you may use a hand sanitiser, but soap and water is sufficient.
तपाईं बाहिर हुँदा सेनिटाइजर प्रयोग गर्न सक्नुहुनेछ। तर साबुन र पानी पर्याप्त छ।
When should I wash my hands?/ मैले कति चाडै आफ्ना हातहरू धुनुपर्छ ?
- Before touching your face, nose, mouth, and eyes.
अनुहार, नाक, मुख, र आँखाहरू छुनु अघि हात धुनुहोस्।
- After touching any surface such as doors, door knobs, staircase railing, bus seats in public spaces or your workplace before touching your face.
ढोका, सीढी, रेलिंग र बस सिट जस्ता सार्वजनिक स्थानहरूमा छोएपछि हात धुनुहोस्।
- When you arrive home from work or public spaces.
तपाईं घर फर्केपछि हात धुनुहोस् |
- Before and after work.
आफ्नो कामको स्थानमा प्रवेश गर्नु अघि हात धुनुहोस् |
- Before and after meals.
खाना खानु अघि र खाईसके पछाडि हात धुनुहोस् |
BE MINDFUL TO ONLY TOUCH YOUR FACE AFTER WASHING YOUR HANDS
महत्वपुर्ण कुरा भनेको हात धोएपछी मात्रै आफ्नो अनुहारमा छुन मिल्छ भन्ने हेक्का सधै राख्नु हो |
Do I need to use a face mask? / के मैले अनुहारमा मास्क लगाउनु पर्छ ?
- Using a face mask when your are at work or in public helps reduce the spread of COVID-19.
जब तपाईं घर बाहिर र काम गर्ने ठाउँमा हुनुहुन्छ, फेस मास्क लगाउनु उपयुक्त हुन्छ किनकि यसले भाइरसको फैलावट कम गर्दछ |
- Ensure the face mask covers your nose and mouth properly.
राम्रोसँग फेस मास्क लगाउनुहोस्। फेस मास्कले आफ्नो नाक र मुख राम्रोसंग छोप्नुहोस ।
- If you have tested positive for COVID-19, using a face mask will prevent others from being exposed to the virus when you speak, cough or sneeze.
तपाइको फेस मास्कले अरूलाई पनि भाइरस सर्नबाट रोक्छ |
- You are advised to wear a face mask if you are in congested living spaces. It also important to maintain physical distancing and wash your hands regularly.
तपाईंलाई भीडभाड भएको ठाउँमा मास्क लगाउने सल्लाह दिइन्छ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शारीरिक दूरी कायम राख्ने र लगातार हात धुनु हो।
CONGESTED DWELLING PLACES SUCH AS HOSTEL, SHARED ROOM, AND MAKESHIFT QUARTERS (KONGSI) ARE CONSIDERED PUBLIC SPACES.
होस्टेल, सेयर गरिएको कोठा, र म्याकशिफ्ट क्वाटरहरू (कोंग्सी) सार्वजनिक स्थानहरू हुन् |
I do not have a face mask. What other alternatives are they? Are self-made masks safe to use?/ यदि फेस मास्क उपलब्ध छैन भने, के अर्को विकल्प छ ? के स्वयं निर्मित फेस मास्क प्रयोग गर्न सुरक्षित छ?
- If you do not have a face mask, you can make your own face mask using fabric such as a used T-shirt, small towel, or silk bandana. Ensure the fabric is folded into several layers. Wash your face mask every day or if it is wet. (https://bit.ly/2Sl7uQ9)
तपाईं कुनै पनि कपडाबाट मास्क बनाउन सक्नुहुन्छ, जस्तै प्रयोग गरिएको टी-शर्ट, सानो तौलिया, वा रेशम को कपडाबाट । कपडालाई धेरै तहहरु बनाएर मास्क बनाउनु पर्छ । आफुले बनाएको मास्क हरेकदिन धुनुहोस, यदि भिजेको छ भने पनि धुनुहोस | https://bit.ly/2Sl7uQ9
What else can I do to protect myself and my family?/ आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि म अरु के गर्न सक्छु?
- Cover your nose and mouth with tissue paper and face away from others when you cough.
जब तपाइँ खोक्नुहुन्छ, टिश्यु पेपरले तपाइँको नाक र मुख छोप्नुहोस्।जब तपाईं खोक्नुहुन्छ, तपाईंको अनुहार अरूबाट टाढा हुनुपर्दछ, उनीहरूतर्फ होइन।
- Keep your home clean. Wipe down any surface in your house using soap and water.
आफु बस्ने ठाउँ सफा गर्नुहोस्। तपाईंको घरको भुइ र अरु सतह साबुन र पानी प्रयोग गरेर सफा गर्नुहोस् र तिनीहरूलाई राम्रोसंग सुक्न दिनु होस् |
- Ensure everyone in your home maintains personal hygiene and keeps the surroundings clean.
घर, अस्थायी क्वार्टर (कोंग्सी), कोठा, काम गर्ने ठाउँमा स्वच्छ वातावरण कायम राख्नुहोस् र अरुलाई पनि सफा बस्न प्रोत्साहन गर्नुहोस ।
- Avoid shaking hands and physical contact with others. Remember to maintain physical distancing.
अरुसंग हात मिलाउने र अरुलाई छुने नगर्नुहोस्। सामाजिक दुरी कायम गर्नुहोस् |
TAKE A DEEP BREATH. DO NOT WORRY. YOUR SAFETY IS IN YOUR HANDS. YOU CAN DO IT. UNDERSTAND AND FOLLOW THE RECOMMENDED STEPS TO PREVENT THE SPREAD OF COVID-19.
लामो सास लिनुहोस् । चिन्ता नगर्नुहोस । तपाईंको सुरक्षा तपाईंको आफ्नै हातमा छ। तपाइले यो गर्न सक्नुहुन्छ । आवश्यक ज्ञानहरु प्रयोग गर्नुहोस रगराउनुहोस । यसरी COVID-19 को रोकथाम गर्नुहोस् |
Thank you for your cooperation / सहयोगको लागि धन्यवाद